Skip This
इन्टलेक्चुअल मोरन ब्यान्डले ल्यायो सन्देशमूलक रकगीत ‘रक्सी’
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ कार्तिक २३ शुक्रबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २३ शुक्रबार १६:२o:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

इन्टलेक्चुअल मोरन ब्यान्डले ल्यायो सन्देशमूलक रकगीत ‘रक्सी’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २३ शुक्रबार १६:२o:oo

इन्टलेक्चुअल मोरन ब्यान्डको नयाँ रकगीत ‘रक्सी’ युट्युबमा सार्वजनिक भएको छ। दीपेन गुरुङको शब्द तथा स्वर रहेको गीतमा चर्चित गिटारिस्ट शरद श्रेष्ठको गिटार सुन्न सकिन्छ।

हङकङको फन्की मंकी बारमा हलोइन र नेपालमा लक्ष्मीपूजाको अवसर पारेर यो गीतको प्रिमियर गरिएको थियो। गीतको ड्रिम्समा सम्राट मानन्धर र बेसमा सञ्जीव श्रेष्ठले साथ दिएका छन्। गीतको भिडिओमा शरद स्वयंले अभिनय गरेका छन्। भिडियोलाई जेम्स लामाले निर्देशन गरेका छन्।

गीतले रक्सीले जीवनमा पार्ने असर र त्यसबाट मुक्त हुन सन्देश दिन्छ। ब्यान्डका गायक तथा गीतकार दीपेनले सात वर्षअघि मात्र रक्सी छाडेका थिए। त्यतिवेला उनले यो गीत रचेका थिए।

इन्टलेक्चुअल मोरन ब्यान्ड २०१० मा हङकङमा गठन भएको थियो। यो ब्यान्ड गिटारिस्ट शरद र दीपेन मिलेर सुरु गरेका थिए। शरद अहिले ‘श्री ३’ र ‘टम्बलविड’ ब्यान्डमा व्यस्त छन्। दीपेन भने हङकङमा ‘फन्की मंकी’ बार सञ्चालन गर्छन्।

यो ब्यान्डले पोली युनिभर्सिटी म्युजिक शोमा नेपाललाई प्रतिनिधित्व गर्दै आफ्नो प्रस्तुति दिएको थियो। यो म्युजिक शो हङकङको प्रमुख सांगीतिक मञ्चमध्ये एक मानिन्छ। 

मोरन ब्यान्डले हङकङको हार्ड रक क्याफे, द वाञ्चजस्ता विभिन्न चर्चित लाइभ म्युजिक बार र अन्डरग्राउन्ड शोहरूमा पनि आफ्नो प्रस्तुति दिइसकेको छ।