मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १६ शुक्रबार
  • Saturday, 14 December, 2024
२o८१ कार्तिक १६ शुक्रबार १६:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कारको ठक्करबाट हेटौँडामा पाँचजना घाइते, एकको अवस्था गम्भीर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १६ शुक्रबार १६:१८:oo

मकवानपुरको हेटौँडामा कारले दुईवटा स्कुटर र पैदल यात्रीलाई ठक्कर दिँदा पाँचजना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार कान्ति लोकपथअन्तर्गत हेटौँडा- ५, सानोपोखर चोकबाट बजारतर्फ आउँदै गरेको बा १३ च २००७ नम्बरको कारले सोही दिशाबाट बजारतर्फ आउँदै गरेका दुईवटा स्कुटर र एकजना पैदल यात्रीलाई ठक्कर दिँदा पाँचजना घाइते भएका हुन्। कारले ना ६४ प २८३६ नम्बरको स्कुटर र बागमती प्रदेश–०३–००४६ प ०२५७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।

यस्तै, कारले पैदल यात्री बाराको कोहल्बी नगरपालिका वडा नम्बर- १ का २३ वर्षीय दीपनारायण चौधरीलाई समेत ठक्कर दिएको थियो। चौधरीको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए।

उनका अनुसार कारको ठक्करबाट ना ६४ प २८३६ नम्बरको स्कुटरचालक हेटौँडा-५ का ३० वर्षीय नारायण तिमल्सिना र स्कुटरको पछाडी सवार अन्दाजी २७ वर्षकी अस्मिता सापकोटा घाइते भएका छन्। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको छ।

यस्तै, ठक्कर दिने कारमा सवार सर्लाही जिल्लाको गोडाइता गाउँपालिका वडा नम्बर-५ की २८ वर्षीय रन्जिताकुमारी शाह र उनका तीनवर्षीय छोरा कुशल रौनियार घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको र घाइते सबैको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।