१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Friday, 04 July, 2025
गणेश लम्साल विराटनगर
२o८१ असोज १ मंगलबार ११:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रहरीलाई ठक्कर दिएर भागेको जिपसहित १४६ केजी गाँजा र दुईजना पक्राउ 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार ११:५७:oo

पछाडि लागेको थाहा पाएपछि प्रहरीलाई नै ठक्कर दिएर भागेको जिपलाई थप पिछा गरेर प्रहरीले भारततर्फ तस्करी गर्न लागेको १४६ केजी गाँजासहित दुईजनालाई  पक्राउ गरेको छ।   

सोमबार राति नेपाल भारतको सीमाक्षेत्रनजिकै विराटनगर– १७ दक्षिणतर्फ जाँदै गरेको को.२च ७५९ नम्बरको स्कार्पिओले प्रहरीलाई ठक्कर दिएर भागेपछि तुरुन्त प्रहरीले थप पिछा गरेर जिपलाई नियन्त्रणमा लिएर  १४६ केजी गाँजासहित चालक सुनसरी धरानका ४५ वर्षीय सुक्षिम राई र धरान– ११ का ४६ वर्षीय देवराज राईलाई पक्राउ गरेको हो ।

सोमबार साँझ खुला सिमाना क्षेत्रमा आएको जिपले गाँजा बोकेको सूचना पाएपछि लागुऔषध नियन्त्रण ब्युरोका  हवल्दार कैलाश खत्रीले पिछा गरेका थिए । पुलिस पछि लागेको थाहा पाएपछि जिप हवल्दार खत्रीलाई  ठक्कर दिएर भागेको थियो । त्यसपछि तुरुन्तै इलाका प्रहरी रानीका इन्स्पेक्टर प्रकाश थापाको टोलीले थप पिछा गरेर सोमबार साँझ नै स्कार्पिओलाई नियन्त्रणमा लिएर गाँजा र दुईजना मानिस पक्राउ गरेको थियो । 

घाइते प्रहरी खत्रीको अवस्था सामान्य रहेको र घटनाको इप्रका रानीले थप अनुसन्धान गरिरहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।