प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना औपचारिक भ्रमणका लागि आज रसिया प्रस्थान गरेकी छिन्।रसियाको सेन्टपिटर्सबर्ग सहरमा असोज २ देखि आयोजना हुने कार्यक्रममा भाग लिन उपसभामुख राना मंगलबार फ्लाई दुबईको बिहान ९ बजेको उडानबाट रसिया भ्रमणमा गएकी हुन् ।
उपसभामुख राना रसिया र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधान सभाको आयोजनामा असोज २ देखि ४ गते (सेप्टेम्बर १८–२०)सम्म सञ्चालन हुने चौथो युरेसियन महिला फोरममा सहभागी हुने कार्यक्रम छ । उनले उक्त फोरमलाई सम्बोधन गर्नेछिन् ।
भ्रमण सकेर उपसभामुख राना असोज ५ गते (सेप्टेम्बर २१)मा स्वदेश फर्कने कार्यक्रम छ ।