Skip This
क्यानडामा क्रिकेटरद्वय रोहित र दीपेन्द्रसँग ‘मिट एन्ड ग्रिट’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण २५ शुक्रबार
  • Thursday, 12 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ श्रावण २५ शुक्रबार १७:५२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

क्यानडामा क्रिकेटरद्वय रोहित र दीपेन्द्रसँग ‘मिट एन्ड ग्रिट’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण २५ शुक्रबार १७:५२:oo

क्यानडामा क्रिकेटप्रेमी र नेपाली समुदायले नेपाली क्रिकेटर रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीसँग ‘मिट एन्ड ग्रिट’ कार्यक्रम गरेका छन्।

एनआरएनए क्यानडा, नेप्लिज क्यानेडियन क्रिकेट क्लब, नेप्लिज लन्डन क्रिकेट क्लब र एनआरएनए क्यानडाले संयुक्त रूपमा मिट एन्ड ग्रिट कार्यक्रम आयोजना गरेका हुन्।

कार्यक्रममा भारत यू–१९ टिमका २०१२ का कप्तान उन्मुक्त चन्द प्रमुख अतिथिका रूपमा थिए। नेपाली राष्ट्रिय टोलीका प्रमुख खेलाडी रोहित र दीपेन्द्रले क्यानडामा रहेका नेपालीको न्यानो स्वागत र सहयोगप्रति आभार व्यक्त गरेका थिए।

उन्मुक्त चन्दले नेपालमा क्रिकेटको वृद्धि भएको बताउँदै नेपाल र विश्व क्रिकेट समुदायबीचको सम्बन्धलाई मजबुत बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रमले क्यानडामा रहेका नेपालीबीचको जीवन्त क्रिकेट भावना र एकताको प्रमाणको रूपमा काम गरेको आयोजकको दाबी छ।

कार्यक्रममा नेप्लिज क्यानेडियन क्रिकेट क्लबका अध्यक्ष अमृत थापा, नेप्लिज लन्डन क्रिकेट क्लबका प्रतिनिधि शिव डल्लाकोटी, ब्राम्पटन सहरका काउन्सिलर रड पावरलगायतले खेलाडीलाई सम्मान गरेका थिए।

कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई पनि सम्मान गर्ने कार्यक्रम भए पनि उनको कार्यव्यस्तताका कारण समर्थ नभएको आयोजकले जनाएको छ।