Skip This
बक्यौता रकम जोडेर नाफा देखायो भन्ने भाष्य गलत : कुलमान घिसिङ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण २५ शुक्रबार
  • Wednesday, 11 September, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ श्रावण २५ शुक्रबार १४:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बक्यौता रकम जोडेर नाफा देखायो भन्ने भाष्य गलत : कुलमान घिसिङ

‘३४ अर्ब ६१ करोड संचित घाटामा रहेको प्राधिकरण आठ वर्षमा ४७ अर्ब ४१ करोड संचित नाफामा’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण २५ शुक्रबार १४:४५:oo

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफा कागजी नाफा मात्रै नरहेको प्रस्ट पारेका छन् ।

डेडिकेटेड फिडर र ट्रंकलाइनको उठ्न बाँकी महसुलसमेत जोडेर नाफा देखाइएको भनी प्रचार भएको विषयमा प्रस्टीकरण दिँदै घिसिङले यस्तो बताएका हुन्।

आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनका क्रममा घिसिङले ३५ अर्बको सञ्चित घाटा पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफामा पुर्‍याएको उल्लेख गर्दै भने, ‘विद्युत् प्राधिकरणले विगत आठ वर्षमा ३५ अर्बको सञ्चित घाटालाई पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफामा पुर्‍याउँदा करिब ८२ अर्बको नाफा देखिएको छ । त्यो नाफा डेडिकेटेड र ट्रंकलाइनको बिलले भएको होइन। त्यसको पनि केही अंश होला, तर ८२ अर्ब नाफा महालेखापरीक्षकबाट तीन चार्टर्ड एकाउन्टेट संस्थाले हरेक वर्ष गरेको अडिटबाट आएको विवरण हो।’

आर्थिक वर्ष ०७२/७३ मा एकै वर्ष आठ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले त्यसयता घाटाका ती दिन फर्केर हेर्नु नपरेको घिसिङले जानकारी दिए। उनका अनुसार आव ०७३/७४ मा एक अर्ब ५० करोड रुपैयाँ नाफा कमाउँदै सुरु भएको प्राधिकरणको नाफाको इतिहास गत आवमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड सञ्चित नाफामा पुगेको घिसिङले जानकारी दिए।