१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ८ मंगलबार
  • Friday, 18 April, 2025
बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीमा दावी पेश गर्दै कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामालगायत।
२o८१ श्रावण ८ मंगलबार १३:२४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामाको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण ८ मंगलबार १३:२४:oo

बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले दाबी पेस गरेका छन्। कांग्रेस र एमालेको समर्थनमा लामाले मुख्यमन्त्री दाबी गरेका हुन्।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८(२) अनुसार नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न मंगलबार साँझ ५ बजेसम्मको समय दिएर दलहरूलाई आह्वान गरेका थिए।

प्रदेश प्रमुखले दिएको समयसीमाभित्रै पदमा नियुक्तिको प्रयोजनका लागि आइतबार नै दाबी पेस गर्न आह्वान गरेसँगै सोमबार लामाले कांग्रेस र एमालेको समर्थनमा लामाले मुख्यमन्त्रीको दाबी पेस गरेका हुन्।

एक सय १० प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन्। 

सरकार गठनका लागि बहुमत सांसद अर्थात् कम्तीमा ५६ सांसदको समर्थन आवश्यकता रहेकोमा कांग्रेस र एमालेसँग रहेका सांसदको संख्या ६४ छ।