
सल्यानमा गत आर्थिक वर्षमा ४६ किलोमिटर सडक कालोपत्रे भएको छ । आर्थिक वर्ष ०८०/८१ मा पूर्वाधार विकास कार्यालय सल्यानले १५ किलोमिटर र सडक डिभिजन कार्यालय दाङले ३१ दशमलव ५ किलोमिटर सडक कालोपत्रे गरेको हो ।
बहुवर्षीय योजनाअन्तर्गत लुहाम–काभ्रा पाँच किमि, खलंगा–बालुवासंग्रही २.५ किमि, थारमारे–चौरपानी–बडागाउँ–चौरजहारी ७.५ र सोलाबाङ–रिम एक किलोमिटर सडक कालोपत्रे भएको पूर्वाधार विकास कार्यालय सल्यानका सूचना अधिकारी सागर आचार्यले जानकारी दिए ।
यस्तै, सडक डिभिजन कार्यालय दाङले राप्ती राजमार्ग पुनस्र्थापना मर्मत नौ किमि, दमाचौर– गुराँसे चार सय ४० मिटर, शंखमूल–छत्रेश्वरी मन्दिर १.१, थारमारे–रातपहरा १.१५ किमि, थारमारे बजार–क्याम्पस रोड दुई सय १० मिटर, श्रीनगर–खैरावाङ सडक २.२ किमि, खलंगा– सालचौर–कालीमाटी सडक ६.५, भेरी पुल चार सय ६४ मिटर, आवधिक मर्मतअन्तर्गत शीतलपाटी, खलंगा, जयतपानी १०.५ किमि सडक कालोपत्रे भएको छ ।