१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ६ आइतबार
  • Tuesday, 24 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ श्रावण ६ आइतबार १६:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अस्थिरताको कारण कांग्रेस-एमाले हुन् : राप्रपा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण ६ आइतबार १६:५४:oo

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा राजनीतिक अस्थिरताको कारण कांग्रेस र एमाले भएको बताएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा धारणा राख्दै अध्यक्ष लिङ्देनले मुलुकको यो अवस्था आउनु र जनतामा निराशा छाउनुमा कांग्रेस–एमाले नै मुख्य कारक रहेको बताए ।

संख्याको बलमा राजनीतिक स्थिरता प्राप्त नहुने भन्दै उनले पटकपटक बहुमत ल्याएका दलले पनि विगतमा सरकार पूरा समय चलाउन नसकेको चर्चा गरे। त्यसैले राजनीतिक स्थिरताका लागि भन्दै संख्याको बल देखाउनु गलत भएको उनको भनाइ थियो।

‘पटकपटक कांग्रेसले बहुमत ल्यायो। कम्युनिस्ट पार्टीले त करिब दुईतिहाइ मत ल्याउँदा पनि पाँच वर्ष सरकार चलाउन सक्नुभएन,’ उनले भने, ‘त्यसैले संख्या प्रमुख होइन, विचार प्रमुख हो, व्यक्तिको आचरण प्रमुख हो।’

उनले कांग्रेस–एमाले मिलेर सरकार बनाउन लागेको सुन्दा सुरुमा स्वागत गरे पनि पछि नियतमा खोट देखिएको भन्दै उनले विपक्षमा मतदान गर्ने जानकारी गराए।