मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ४ शुक्रबार
  • Monday, 20 January, 2025
२o८१ श्रावण ४ शुक्रबार ११:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महानगर सभापति र डा. कोइरालाबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण ४ शुक्रबार ११:४४:oo

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस महानगर समितिका सभापतिहरूसँग काठमाडौंमा भेटघाट र छलफल गरेका छन् । कोइरालाले भेटघाटमा पार्टी नेतृत्व र पदाधिकारीहरूको कार्यशैली हेर्दा तोकिएको समयमा १५औँ महाधिवेशन हुनेमा शंका उत्पन्न भएको बताए ।

तोकिएको समयमा महाधिवेशन नभए पार्टी धराशायी हुने र त्यसको असर आगामी निर्वाचनहरूमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन कोइरालाले आग्रह गरे। महानगरका सभापतिहरूले आफूहरूको पार्टी मर्यादाक्रम नमिलेको र विधानले कुनै अधिकार नदिएको गुनासो राखेका थिए।

भेटघाटमा महानगर सभापतिहरू नीलकाजी शाक्य काठमाडौं, सुवानन्द धाख्वा ललितपुर, चित्रसेन अधिकारी भरतपुर, दीपक चापागाईं विराटनगर र मनिन्द्र नेपाली वीरगन्ज सहभागी थिए ।