चितवनका स्थानीयले रेलमार्गको सर्भे गर्न आएकाे भनी एउटा गाडीमा आगजनी गरेका छन्।
बुधबार दिउँसो भरतपुर महानगरपालिका– ७ मा पुगेको आरएच इन्जिनियरिङ साेलुसन्सको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका थिए।
रेलमार्गको सर्भे गर्न आएकाे भन्दै उनीहरूले प्रहरीकै अगाडि बागमती प्रदेश–०१–०३० च ७१९० नम्बरकाे गाडीमा आगजनी गरेका हुन्। रेलमार्ग सार्नुपर्ने माग गर्दै विगतदेखि नै स्थानीयहरू विरोधमा थिए।