मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १ मंगलबार
  • Monday, 17 March, 2025
रासस काठमाडौं
२o८१ श्रावण १ मंगलबार १७:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्री राणासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण १ मंगलबार १७:१९:oo

परराष्ट्रमन्त्री डा. आरजु राणासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको बताइएको छ।

त्यसक्रममा नेपाल–भारत द्विपक्षीय हित, परराष्ट्र सम्बन्ध र जनस्तरको सम्बन्धका विविध आयामबारे छलफल भएको मन्त्री डा. राणाको सचिवालयले जनाएको छ। 

भेटमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणालाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना व्यक्त गरे। राणाले सोमबार पद तथा गोपनीयताको शपथसँगै पदबहाली गरेकी हुन्।