१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २९ शनिबार
  • Tuesday, 24 June, 2025
गणेश लम्साल विराटनगर
२o८१ असार २९ शनिबार १२:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एक महिनाको तलब नदिएको झोकमा कामदार दम्पतीले गरेका थिए कुखुरा व्यवसायीको हत्या

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ असार २९ शनिबार १२:२o:oo

एक महिनाको तलबमा भएको विवादको बदला लिन कामदार दम्पतीले मोरङका कुखुरा व्यवसायीको वीभत्स हत्या गरेको खुलेको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका– ९ मा  कुखुरा फार्म सञ्चालन गर्दै आएका ४९ वर्षीय सहदेव बजगाईंको हत्या उनकै फार्ममा काम गर्ने दम्पती उर्लाबारी हाटखोलका ३६ वर्षीय छिरिङ भनिने सुनील तामाङ र उनकी श्रीमती प्रतिसा पाँचकोटीले गरेको खुलेको हो।

मोरङ प्रहरीलाई पक्राउ परेका दम्पतीले दिएको बयानअनुसार गत १० जेठदेखि मात्र बजगाईंको कुखुरा फार्ममा तामाङ दम्पतीले काम गर्न थालेका थिए। कामदार दम्पतीलाई साहू बजगाईंले मागेको तलब नदिने र रक्सी खाएर सधैँ गालीगलौज गर्ने गरेका थिए। यसैकारण उनीहरूको बजगाईंसँग भनाभन भएको थियो। 

त्यही विवादको बदला लिन फार्ममा सुत्न आएको मौका छोपेर कामदार दम्पतीले बन्चरो र खुकुरी प्रहार गरी २६ असार राति बजगाईंको हत्या गरेकाे खुलेको प्रहरीले जनाएको छ। बजगाईंको शव वीभत्स अवस्थामा २७ असारको बिहान कुखुरा फार्मभित्रै फेला परेको थियो।

प्रहरीले फार्मभित्र हत्यामा प्रयोग भएको रगत लतपतिएको बन्चरो र खुकुरी बरामद गरेको र काम गर्ने दम्पती फरार भएको पाइएपछि हत्यामा उनीहरूको संलग्नता रहेको आशंका गर्दैै खोजी तीव्र बनाएको थियो। फरार दम्पतीलाई प्रहरीले धरानको बलभद्रेश्वर मन्दिरको धर्मशालामा वास बसेको अवस्थामा सोही राति पक्राउ गरेको थियो।

हाल इलाका प्रहरी बेलबारीको हिरासतमा रहेका दम्पतीले तलब नपाएको झोकमा आफ्नै साहूको हत्या गरेको स्वीकार गरेकाे मोरङका प्रहरी प्रमुख नवराज कार्कीले बताए। एसपी कार्कीले भने, ‘हाल साबिती बयानमा तलब नपाएको रिसमा हत्या गरेको स्वीकार गरेका छन्। थप कारण छ कि भनेर पनि हामी सोधपुछ गरिरहेका छौँ।’