
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूको बैठक बसिरहेको छ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्रीका अलावा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, समाजवादी मोर्चाका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवलगायतका नेता सहभागी छन्।
एमालेले सहकार्य तोड्दै कांग्रेससँग नयाँ सत्तागठबन्धन गरेपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन्। यस्तोमा उनले २८ असारमा विश्वासको मत लिँदै छन्।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको नेताहरूले जनाएका छन्।