१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ११ मंगलबार
  • Friday, 18 April, 2025
तस्बिर : गेटी इमेजेज
रासस वासिङ्टन
२o८१ असार ११ मंगलबार १४:४५:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

जुलियन असान्ज बेलायतकाे जेलबाट रिहा

Read Time : > 1 मिनेट
रासस, वासिङ्टन
नयाँ पत्रिका
२o८१ असार ११ मंगलबार १४:४५:oo

जुलियन असान्ज अमेरिकी अधिकारीहरूसँग अपिल सम्झौतामा पुगेपछि बेलायतको जेलबाट रिहा भएका विकिलिक्सले जनाएको छ। यो सम्झौताले असान्जको लगभग १४ वर्षको कानुनी संघर्षको अन्त्य भएको छ।

‘जुलियन असान्ज स्वतन्त्र हुनुभएको छ,’ विकिलिक्सले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गरायो। असान्ज संयुक्त राज्य अमेरिकाको सैन्य गोप्यताहरू खुलासा गरेको मुद्दामा जारी सुपुर्दगीबाट बच्न पाँच वर्षसम्म बेलायतमा हिरासतमा रहेका थिए। 

असान्ज स्थानीय समयअनुसार बुधबार बिहान अमेरिकी भूभागमा उपस्थित हुनेछन्। बेलायतको जेलमा पाँच वर्ष र दुई महिना रहेको श्रेयसहित उनलाई ६२ महिनाको जेल सजाय हुने अपेक्षा गरिएको छ। यसपश्चात् उनी आफ्नो देश अस्ट्रेलिया फर्कन सक्नेछन्।

सन् २०१० देखि वेबसाइट विकिलिक्सको प्रमुखका रूपमा लाखौँ गोप्य अमेरिकी कागजातहरू प्रकाशित गरेको आरोपमा वासिङ्टनले ५२ वर्षका प्रकाशकलाई खोजिरहेको थियो। अमेरिकाले असान्जलाई इराक र अफगानिस्तानमा भएको युद्धबारे गोप्य सैन्य कागजातहरू खुलासा गरेको आरोपमा मुद्दा चलाउन खोजेको हो।

असान्जलाई सन् २०१९ मा अमेरिकी संघीय ग्रान्ड ज्युरीले विकिलिक्सले राष्ट्रिय सुरक्षा कागजातको प्रकाशनबाट उत्पन्न भएको १८ वटा अभियोगमा दोषी ठहर गरेको थियो। असान्जको परिवारले उनको स्वतन्त्रताका लागि गहिरो कृतज्ञता व्यक्त गरेका छन्। उनकी श्रीमती स्टेलाले अभियानकर्ताहरूलाई धन्यवाद दिँदै सामाजिक सञ्जाल एक्समा ‘शब्दहरूले हाम्रो अपार कृतज्ञता व्यक्त गर्न सक्दिनँ’ भनी लेखेकी छिन्।

असान्ज संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गर्ने निर्णयलाई अनुमोदन गर्ने फैसलालाई अपिल गर्न बेलायतको अदालतमा उपस्थित भई दुई हप्ताअघि सम्झौताको घोषणा भएको हो। 

असान्ज सन् २०१९ को अप्रिलदेखि लन्डनको उच्च सुरक्षा रहेको बेलमार्स जेलमा थिए। उनले सन् २००७ मा इराकमा अमेरिकी हेलिकाेप्टरबाट गोली हानेर सर्वसाधारण मारिएको भिडियो प्रकाशन गरेका थिए। संयुक्त राज्य अमेरिकाले असान्जलाई १९१७ को जासुसी ऐनअन्तर्गत अभियोग लगाएको हो। 

बेलायती सरकारले जुन २०२२ मा अमेरिकी सुपुर्दगीलाई स्वीकृति दिएको हो। असान्जले संयुक्त राज्य अमेरिकामा आफ्नो सुपुर्दगीको विरुद्ध अपिल गर्न सक्ने दुई बेलायती न्यायाधीशहरूले बताएका थिए।

अमेरिकामा मुद्दा चलिरहेको विदेशीको रूपमा उनले अमेरिकी अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्राप्त गर्न सक्ने वा नसक्ने प्रश्नलाई सम्बोधन गर्न अपिल गरिएको थियो।

राष्ट्रपति जो बाइडेनको असान्जविरुद्ध लामो समयदेखि चलिरहेको मुद्दा खारेज गर्ने बढ्दो दबाबबीच भएको यो अनुरोध सम्झौता पूर्ण रूपमा अप्रत्याशित थिएन।