लागुऔषध मुद्दाका पाँच प्रतिवादी सम्पत्ति शुद्धीकरणमा दोषी

बुधबार, ५ असार, २०८१
डिजिटल संस्करण

विशेष अदालतले पाँचजनालाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ । बुधबार विशेष अदालतले यस मुद्दाका अन्य दुई प्रतिवादीलाई भने सफाइ दिने फैसला गरेको छ । 

दीपक राई, सन्दीप राई, केसाङ योल्मु, रामकुमार लोवा र मिलन लोवा दोषी ठहर भएका हुन् । दीपक, सन्दीप, केसाङ र रामकुमारले मिलनको खातामा पैसा जम्मा गरेको देखिएको र मिलने उक्त पैसा झिकेकोले उनीहरुमाथि कसूर कायमको फैसला भएको विशेषले जनाएको छ । 

दीपक र मिलन यस मुद्दामा मुख्य कसूरदार ठहर भएका छन् भने अन्य तीन जना मतियार रहेको फैसला सुनाएको छ । यसै मुद्दाका प्रतिवादीहरु भीमकुमार लोवा र राजेश श्रेष्ठले भने सफाइ पाएका छन् ।

उनीहरुले लागूऔषध किनबेचबाट आर्जित सम्पत्ति शुद्धिकरण गरेको विभागको अनुसन्धानले देखाएपछि पाँच करोड २७ लाख रुपैयाँभन्दा बढी बिगो कायम गर्दै २३ माघ ०८० मा मुद्दा दायर भएको थियो ।  यसमा कसूरदार ठहर भएका पाँच जनामाथि १३ असारमा सजाय निर्धारण हुने भएको छ ।

सुझावित समाचार