
पहिराेले सडक अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन तथा यात्री अलपत्र, टेलर (ट्रक)समेत पुरियो
मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । पहिरोले गोलञ्जोर गाउँपालिका– ६ हैबारबेँसीनजिकको अक्करेभिर, गोलञ्जोर– १ कुडुले, फिक्कल गाउँपालिका– २ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार खुर्कोटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन तथा यात्री अलपत्र परेका छन् ।
त्यस्तै, गोलञ्जोर– १ कुडुलेमा प्र२–०३–००१ख ७१४४ नम्बरको टेलर पहिरोले पुरिएको छ । सडक अवरुद्ध भएको स्थानमा स्थानीय सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पुगेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास जारी छ ।