मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असार १ शनिबार
  • Friday, 28 August, 2026
२o८१ असार १ शनिबार १२:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

त्रिवेणी पुलबाट नारायणीमा खस्दा बालिकाको निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १ शनिबार १२:१३:oo

नवलपुरको विनयी-त्रिवेणी गाउँपालिका-७ त्रिवेणीस्थित गण्डक ब्यारेज पुलबाट नारायणी नदीमा खसेर एक बालिकाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी-त्रिवेणीनिवासी चन्दन गुप्ताकी १३ वर्षीया छोरी आँचल गुप्ताको नारायणी नदीमा डुबेर निधन भएको हो।

पुलमा खेल्ने क्रममा उनी एक्कासि नदीमा खसेका थिए। उनको स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि भारतको सुरबी मेडिकल कियरमा लगिएकोमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।

बालिकाका बुवाले बालिकाको शव पोस्टमार्टम गर्न नपर्ने भनेपछि मृतकका परिवारले शव बुझेर दाहसंस्कारका लागि लगेको प्रहरीले जनाएको छ।