संविधानले सबै समुदायका उत्थानमा जोड दिएको छ : मुख्यमन्त्री महरा

शनिबार, २ असार, २०८१
डिजिटल संस्करण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जनजाति, भाषाभाषी, धर्म, संस्कृति तथा समुदायको उत्थान र विकासमा जोड दिएको बताएका छन् । 

भूमे पर्व (भुम्या पर्व) २०८१ का अवसरमा  शनिबार जारी  गरेको शुभकामना सन्देशमा उनले पर्वले सबै नेपालीमा सकारात्मक सोचको विकास गरी भ्रातृत्व, एकता, सद्भाव र मेलमिलापको वातावरण सृजना एवं देश निर्माणमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

उनले  विज्ञप्तिमा परापूर्वकालदेखि प्रकृतिपूजक मगरहरूले मानवीय क्षति नहोस् र प्राकृतिक विपत्ति नआओस् भनी भूमिपूजा अर्थात् प्रकृतिको पूजा गरी भूमे पर्वको सुरुआत गरेको उल्लेख गरेका छन् । 

सुझावित समाचार