Skip This
अस्ट्रेलियाको बेरोजगारी दर ४ प्रतिशतले घट्यो
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३१ बिहीबार
  • Thursday, 15 May, 2025
२o८१ जेठ ३१ बिहीबार १३:१६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अस्ट्रेलियाको बेरोजगारी दर ४ प्रतिशतले घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३१ बिहीबार १३:१६:oo

अस्ट्रेलियाको बेरोजगारी दर मे महिनामा घटेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।

अस्ट्रेलियाली तथ्यांक विभाग (एबिएस) ले बिहीबार प्रकाशित गरेको श्रमशक्तिको तथ्यांकका अनुसार बेरोजगारी दर अप्रिलमा ४.१ प्रतिशतबाट मेमा ४ प्रतिशतले घटेको छ। 

अस्ट्रेलियन एसोसिएटेड प्रेस (एएपी)ले यो गिरावट अर्थशास्त्रीहरूको अपेक्षाअनुरूप रहेको बताएको छ। एबिएसले अप्रिल र मेको बीचमा ४० हजार मानिसको रोजगारी बढ्नुका साथै सोही अवधिमा नौ हजार मानिसको बेरोजगारी घटेको बताएको छ।

अप्रिलमा सामान्यभन्दा धेरै बेरोजगार मानिसले काम सुरु गर्न चाहेकोमा मे महिनामा बेरोजगारीमा केही गिरावट र रोजगारीमा भएको वृद्धिले मानिसले जागिर सुरु गर्ने प्रतिबिम्बित गर्ने एबिएसका ब्योर्न जार्विसले एक विज्ञप्तिमा जनाए।  

‘अहिले लगभग ६ लाख बेरोजगार व्यक्ति भए तापनि  महामारीअघि मार्च  २०२० को तुलनामा अझै पनि एक लाख दश हजार कम व्यक्तिहरू छन्।’

रोजगारीमा वृद्धिका बाबजुद, अस्ट्रेलियालीले काम गर्ने घण्टाको संख्या अप्रिल र मेको बीचमा ०.५ प्रतिशतले घटेको छ। जार्विसले घण्टाको कमीले रोगको कारण कामबाट समय निकाल्ने मानिसको बढ्दो संख्यालाई प्रतिबिम्बित गरेको बताए। 

बिरामी भएका कारण थोरै समय काम गरेकाले सन् २०२३ मेको जस्तै लगभग ४.२ प्रतिशत नागरिकले काम गरेको र पूर्वमहामारीको औसत ३.५ प्रतिशतको तुलनामा सामान्य बढी भएको उनले बताए।  

सहभागिता दरले काम गर्ने उमेरको जनसंख्याको अंश मापन गर्दछ। कार्यरत र सक्रिय रूपमा काम खोज्ने संख्या ६६.८ प्रतिशतमा स्थिर छ।