नवलपुरको तम्सरिया– ६ भण्डारानिवासी ४६ वर्षीय खोरबहादुर थारू गोहीको आक्रमणबाट घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मध्यविन्दु– ६ उल्टीखोलामा भैँसी चराउने क्रममा उनलाई अचानक गोहीले आक्रमण गरेको हो।
उनको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। थारूको मध्यविन्दु जिल्ला अस्पताल कावासोतीमा उपचार भइरहेको छ।