सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा शाही

शनिबार, ५ जेठ, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाही नियुक्त भएका छन्। मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाले शाहीलाई शुक्रबार मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन्।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ का ४९ वर्षीय शाही करिब दुई दशकदेखि कानुन व्यवसायको क्षेत्रमा सक्रिय छन्। नवनियुक्त मुख्य न्यायाधिवक्ता शाहीले शनिबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश सुशीलासिंह थापाले शाहीलाई पद तथा गोपनीयताको शपथ गराइन्। सो अवसरमा प्रदेश प्रमुख मिया, मुख्यमन्त्री सोडारीलगायत उपस्थित थिए।

सुझावित समाचार