मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Friday, 14 August, 2026
२o८१ जेठ ५ शनिबार ११:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विदेशी हस्तक्षेपविरुद्ध प्रभावकारी भूमिका खेल्न आभूषण महासंघलाई सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:५७:oo

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले प्रभावकारी भूमिका खेले नेपाली सुनचाँदी क्षेत्रमा विदेशी हस्तक्षेप रोकिने विज्ञहरूले बताएका छन्। महासंघको शुक्रबार काठमाडौंमा बसेको विज्ञ परिषद्को बैठकले सुनचाँदी हस्तकला क्षेत्रमा विदेशी हस्तक्षेप रोक्न आभूषण महासंघको भूमिका नै निर्णायक हुने भन्दै बाह्य हस्तक्षेपविरुद्ध प्रभावकारी कदम चाल्न महासंघलाई उनीहरूले सुझाव दिएका हुन्।

विदेशी हस्तकलाको बढ्दो प्रभावले नेपाली मौलिक कालिगढी लोप हुने अवस्थामा पुगेको भन्दै उनीहरूले नेपाली मौलिक हस्तकलाको पहिचान नै धरापमा परेको बताए। बैठकमा महासंघका अध्यक्ष किसान सुनुवारले मुलुकमा सुनचाँदी क्षेत्रका व्यवसायीका लागि सुहाउँदो ऐन कानुनको अभावले व्यवसाय गर्न कठिन भएको सुनाएका थिए।

उनले भने, ‘ऐन कानुन नभएकाले वैध र अवैध व्यपार गर्ने दुवैलाई सरकारले एउटै नजरले हेर्ने गरेको छ। अवैध व्यापारलाई राज्यले निरुत्साहित गर्नुपर्छ। उनले सुनचाँदीलाई विलासिताको क्षेत्रमा राखेकोमा आपत्तिसमेत राख्छन्। उनले भने, ‘राज्यले सुनलाई विलासिताको क्षेत्रमा राखेको छ, यो त हाम्रो संस्कार हो, यसलाई सबैको पहुँचमा ल्याउन आवश्यक छ।’ 

उनका अनुसार देशभर २३ हजारभन्दा बढी परिवार सुनचाँदी व्यवसायमा निर्भर छन् भने नेपालमा १० हजारभन्दा बढी दक्ष कालिगढ छन्। बैठकमा दक्ष कालिगढलाई आफ्नो क्षमता दर्शाउने प्रमाणपत्रलगायतका कागजात दिलाउनु अहिलेको आवश्यकता भएकोसमेत विज्ञहरूले औँल्याएका थिए।