सल्यानमा १३ दिनकी सुत्केरी श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या

मंगलबार, १ जेठ, २०८१
डिजिटल संस्करण

श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरेका श्रीमानले पनि घरनजिकैकाे रुखमा झुन्डिएर आत्महत्या गरे

सल्यानमा १३ दिने सुत्केरी श्रीमतीको हत्या गरी श्रीमानले आत्माहत्या गरेका छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका– ४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी श्रीमान् पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए।

उनका अनुसार आज बिहान करिब ४ बजेको समयमा सुत्ने कोठामा श्रीमतीको हत्या गरी श्रीमानले पनि आत्महत्या गरेका हुन् । घटनाको अनुसन्धानका लागि डिएसपी कार्कीको नेतृत्वमा प्रहरी टोली खटिएको छ । रानादम्पतीका १३ दिनको नवजात शिशु छोरीसहित ४ छोराछोरी रहेको प्रहरी प्रमुख कार्कीले जानकारी दिए।

आइतबार मात्रै  बनगाड कुपिण्डे नगरपालिका- ४ देउलीमा श्रीमानले श्रीमतीको घाँटी रेटेर हत्या गरी श्रीमान् पनि  झुन्डिएर आत्माहत्या गरेका थिए । उनीहरूको पनि डेढ वर्षकोी छोरीसहित तीन छोराछोरी रहेका छन् । अभिभावक गुमाएपछि उनीहरूको पालनपोषणमा समस्या भएको छ । 

See More On

सुझावित समाचार