मलेसियाको पेराक राज्यमा मंगलबार बिहान मलेसियाली सेनाका दुईवटा हेलिकाेप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ।
फ्लाईपास्ट रिहर्सलका क्रममा हेलिकाेप्टरहरू लुमुट रोयल मलेसियन नेवी बेसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको रोयल मलेसियन नेवीले विज्ञप्तिमा उल्लेख गरेको छ। दुर्घटनाग्रस्त एउटा हेलिकाेप्टरमा सात अर्कोमा तीनजना सवार थिए।
सबैको घटनास्थलमै मृत्यु भएको र पहिचानका लागि शवलाई लुमुट आधार अस्पतालमा लगिएको छ। पीडितहरूको भिडियो र फोटोहरू नफैलाउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ।