मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ बैशाख ७ शुक्रबार
  • Friday, 14 August, 2026
२o८१ बैशाख ७ शुक्रबार o९:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनको मृत्यु, ५२ जना घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ७ शुक्रबार o९:o३:oo

दोलखाबाट जन्ती बोकेर सिन्धुपाल्चोकको पिस्करतर्फ जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन्। 

दोलखाको भीमेश्वर नगरपालिका-१ सुस्पाक्षमावतीबाट बेहुलासहित ५५ जना बोकेर पिस्कर हिँडेको बस शुक्रबार बिहान तौथली बुलबुलेमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा परेर ५२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता निरन्जन भट्टराईका अनुसार रोलवालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस तौथली बुलबुलेको सडकबाट करिव १०० मिटर तल खसेको छ।

दुर्घटनामा परेर घाइते भएकाहरूलाई खाँडीचौरस्थित सिन्धु सदाबहार अस्पताल लगिएको छ। मृतकको भने पहिचान भैसकेको छैन। दुर्घटनाको कारणबारे अध्ययन भइरहेको प्रहरी प्रवक्ता भट्टराईले जानकारी दिए।