१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्दै मधेश प्रदेशका नवनियुक्त गृह, सञ्चार तथा कानून राज्यमन्त्री शारदा थापा । तस्बिर : रासस
नयाँ पत्रिका जनकपुरधाम
२o८१ बैशाख २० बिहीबार o८:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश प्रिन्ट संस्करण

मधेशमा ११औँपटक मन्त्रिपरिषद् विस्तार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:३६:oo

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले १५ महिनामा ११ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले बिहीबार तीन मन्त्री र एक राज्यमन्त्रीलाई शपथ गराएकी हुन् । 

मन्त्री नियुक्त हुनेमा माओवादी संसदीय दलका नेता भरतप्रसाद साह, युवराज भट्टराई र एकीकृत समाजवादीकी बेची लुंगेली छन् । महोत्तरी १ (१)बाट निर्वाचित साह र सर्लाही १ (२) बाट निर्वाचित लुंगेलीलाई विनाविभागीय र रौतहट ४ (१) बाट निर्वाचित भट्टराईलाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

माओवादीले उद्योग तथा पर्यटनमन्त्री सुनिता यादव र राज्यमन्त्री रहबर अन्सारीलाई फिर्ता बोलाएर भट्टराईलाई मन्त्री बनाएको हो । एमालेकी शारदा थापाले गृह तथा सञ्चार राज्यमन्त्रीका रूपमा शपथ लिएकी छिन् । 
 

ad
ad