१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १२:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपालमा ओमोडाका डेढ सयभन्दा बढी गाडी बिक्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:oo:oo

नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले नेपालमा डेढ सयभन्दा बढी ओमोडा गाडी बिक्री गरेको छ । बुकिङ भएका डेढ सयभन्दा बढी गाडीको हस्तान्तरणसँगै काठमाडौंको उत्तरढोकास्थित ओमोडाको सोरुमको औपचारिक उद्घाटनसमेत गरिएको छ ।

उद्घाटन नेपालका लागि चीनका राजदूत सोङ चेनले गरेका हुन् । सो कार्यक्रममा शारदा ग्रुपका अध्यक्ष एसआर शारदा, ओमोडा नेपालका कन्ट्री डाइरेक्टर सोङ हुआइफु, एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारदा, अटोमोबाइलका ग्रुप अध्यक्ष धीरेन तामाङलगायतको उपस्थिति थियो । कार्यक्रममा ओमोडा खरिद गर्ने ग्राहकहरूलाई प्रमुख अतिथि राजदूत सोङले गाडीको साँचो (की) हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । 

औपचारिक रूपमा ओमोडाको बुकिङ खुला फेब्रुअरीमा ०२४ मा गरिएको थियो । अहिले नेपालमा मात्रै चार सयभन्दा बढीको बुकिङ भइसकेको र डेढ सयभन्दा बढी गाडी नेपालको सडकमा गुडिरहेको कम्पनीको दाबी छ । लन्च भएको केही महिनाभित्रै ओमोडालाई ग्राहकले रुचाएको र अन्य प्रतिस्पर्धीको तुलनामा सर्वाधिक लोकप्रिय बनेको कम्पनीले जनाएको छ । विद्युतीय र दिगो भविष्यलाई ख्याल गर्दै एसपिजी अटोमोबाइल्सले उत्कृष्ट प्रविधियुक्त ‘ओमोडा इफाइभ’ मोडेल लन्च गरेको थियो ।

यो गाडीको मुख्य आकर्षण भनेको अत्याधुनिक ६१ किलोवाटको लिथियम आइरन फोस्फेट ब्लेडयुक्त ब्याट्री हो, जसको प्रभावशाली ऊर्जाले एकपटकको चार्जमा ‘डब्लु एलटिपी रेन्ज ४३० किमि दिन्छ ।

ad
ad