१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o६:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आठ सय मिटर दौडमा बादल र सरिता पहिलो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:२o:oo

गण्डकीका बादल कार्की र कर्णालीकी सरिता खड्काले १४औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको आठ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । बादल छात्र तथा सरिता छात्रामा पहिलो भएका हुन् । दुवै धावकले व्यक्तिगत रूपमा दोस्रो स्वर्ण जितेका हुन् । यसअघि उनीहरूले मंगलबार चार सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए । दशरथ रंगशालामा बादलले निर्धारित दूरी तय गर्न २ मिनेट ०५.५५ सेकेन्ड समय खर्चे ।

छात्रामा सरिताले २ मिनेट २८.५ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । ज्याभ्लिन थ्रोको छात्रमा सुदूरपश्चिमका सुकवीर पोखरेल पहिलो भए । उनले ५२.१६ मिटर टाढा फाले । छात्रामा कर्णालीकी सरिता विकले स्वर्ण चुमिन् । सरिताले ३१.५४ मिटर टाढा फालिन् । छात्र लङजम्पमा लुम्बिनीका रमेश थारू ६.६४ मिटर जम्प गर्दैै पहिलो भए । छात्रामा बागमती प्रदेशकी प्रनिशा महतो पहिलो भइन् । प्रनिशाले ४.९५ मिटर जम्प गरिन् । 

भलिबल : भलिबलको छात्रामा सेमिफाइनल समीकरण तयार भएको छ । समूह ‘ए’बाट बागमती र गण्डकी प्रदेश तथा समूह ‘बी’बाट लुम्बिनी र कोशीले सेमिफाइनलमा स्थान बनाए । बेस्ट अफ थ्रीमा भएको प्रतिस्पर्धामा समूह ‘ए’मा चार र समूह ‘बी’मा तीन प्रदेशले प्रतिस्पर्धा गरेका छन् । अब बिहीबार हुने सेमिफाइनलमा बागमती र कोशीबीच प्रतिस्पर्धा हुनेछ । अर्को सेमिफाइनलमा लुम्बिनी र गण्डकी भिड्नेछन् । समूहमा एक मात्र हार बेहोरेको गण्डकी समूह उपविजेता बन्यो । समूह ‘बी’ विजेता लुम्बिनीले कोशीलाई २५–२३ र २५–१७ तथा मधेश प्रदेशलाई २५–१४ र २५–२१ ले हरायो । पुरुष भलिबलमा समूह ‘ए’का कर्णाली र लुम्बिनीले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । चार प्रदेश रहेको यो समूहमा कर्णाली र लुम्बिनीले एकअर्कासँग खेल्न बाँकी छ । जित्ने टोली समूह विजेता बन्नेछ । 

उसु : उसुको पहिलो दिन चार स्वर्ण पदकको टुंगो लागेको छ । पुरुष थाइची छ्वानमा बागमतीका राजकुमार तामाङले स्वर्ण जिते । महिला थायची छ्वानमा बागमतीकै लक्ष्मी तामाङले स्वर्ण जितिन् । पुरुषकै नान छ्वानमा कोशीका एसिलस मारिकले स्वर्ण र महिलामा बागमतीका ममता सुनुवारले स्वर्ण हात पारे । 

तेक्वान्दो :  तेक्वान्दोको पहिलो दिन सात स्वर्णका लागि प्रतिस्पर्धा भएको छ । जसमा बागमतीले सर्वाधिक तीन स्वर्ण जितेको छ । कोशीले दुई तथा मधेश र कर्णालीले समान एक–एक स्वर्ण जिते । छात्रा एकल पुम्सेमा सरगम थापा, छात्रा ४२ केजीमुनि सुप्रिया बजगाईं र छात्र ५१ केजीमुनि करण धोलीले बागमतीलाई स्वर्ण दिलाए । छात्र ५९ केजीमुनि सन्जल श्रेष्ठ तथा छात्रा ५३ केजीमुनि प्रज्ञा परियारले कोशीका लागि स्वर्ण जिते । छात्र एकल पुम्सेमा मधेशका निश्चल धामी थारू तथा छात्र ४९ केजीमुनि कर्णालीका निसान प्याकुरेलले स्वर्ण जिते । 

 

 

 

ad
ad