१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ४ मंगलबार
  • Wednesday, 02 July, 2025
२o८१ बैशाख ४ मंगलबार १६:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कालीगण्डकीको भुर्तुङमा पहिलोपटक एकीकृत घुम्ती शिविर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ४ मंगलबार १६:३६:oo

गुल्मीको कालीगण्डकी गाउँपालिका– ७ भुर्तुङमा पहिलोपटक घुम्ती शिविर गरिएको छ। कालीगण्डकी गाउँपालिकाकै पनि विकट मानिने भुर्तुङमा करिब दुई दर्जन सेवाहरूसहित दुर्गा भवन माविमा शिविर सञ्चालन गरिएको थियो।

नागरिकहरू पालिकाबाट प्रवाह हुने सेवाका लागि पनि लामो दूरी हिँडेर पुर्तिघाट आउनुपर्ने अवस्थाको सहजीकरणका लागि घुम्ती शिविर आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिए।

शिविरमा सामान्य स्वास्थ्य परीक्षण तथा औषधि वितरण एक सय ७३, गर्भवती तथा सुत्केरीसँग उपाध्यक्ष भेटघाट पाँचजनासँग गरिएको छ। यो भेटघाट कार्यक्रम गाउँपालिकाको वार्षिक कार्यक्रम हो।

जसमा गर्भ जाँच गर्न आउँदा र सुत्केरी भएपछि भेट्न जाँदा उपाध्यक्षले पोषिलो खानेकुरा उपहार दिने गरिएको छ। त्यस्तै, तरकारी मिनी किट वितरण तथा कृषि समूह नवीकरण दुई सय ५२, परजीवी नियन्त्रणका लागि औषधि वितरण दुई सय एकजनालाई गरिएको गिरीले बताए। त्यस्तै, ४२ जना ज्येष्ठ नागरिकहरूका लागि सहायता सामग्री वितरण गरिएको छ। पालिकाको वार्षिक कार्यक्रमअन्तर्गत टर्च लाइट र थर्मस वितरण गरिएको थियो। 

व्यवसाय नवीकरण तीन, योजनासम्बन्धी कार्य नौ, गर्भवती महिला भिडियो एक्सरे आठ, आयुर्वेद सेवा एक सय ७३ र दाँतको एक्सरे, उखेल्नेलगायतका गरेर दन्त सेवा एक सय चारसहित एक हजार ४४ जनालाई विभिन्न सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

एकै व्यक्तिले धेरै किसिमका सेवा लिएका छन्। सरदर वडाका तीन सय ५० जना नागरिकले प्रत्यक्ष शिविरको लाभ लिएका छन्। गाउँपालिका उपाध्यक्ष मञ्जु दर्लामीले शिविरले नागरिकलाई सरकारको महसुस घरनजिकबाट गराउन सकेको बताइन्।

शिविरमा उपाध्यक्ष दर्लामीसहित प्रमुख प्रशासकीय अधिकृत नरेश भण्डारी, विषयगत शाखा प्रमुख तथा कर्मचारी, वडाध्यक्ष र सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा रेडक्रस सोसाइटीको तर्फबाट नागरिकहरूको सेवा सन्तुष्टिबारे अभिमत संकलन गरेका थिए। पालिकाले गाउँमै आएर सेवा प्रदान गरेकोमा नागरिक खुसी थिए।