मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ बैशाख ४ मंगलबार
  • Tuesday, 18 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ४ मंगलबार ११:३६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हस्तकला ग्राम स्थापना तथा सञ्चालन अध्यादेश चाँडो पारित गर्न अनुरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ४ मंगलबार ११:३६:oo

नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला ग्राम स्थापना तथा सञ्चालन अध्यादेश जतिसक्दो चाँडो पारित गरिदिन अनुरोध गरेका छन् । बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूको सम्मानमा महासंघले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा शाक्यले प्रदेश सरकारलाई सो आग्रह गरेका हुन् । 

साथै, उनले प्रदेशस्तरीय हस्तकला नीतिको स्वीकृति, सार्क हस्तकला विकास केन्द्र सञ्चालन, हस्तकला व्यापार तथा हस्तकला प्रतियोगिता सञ्चालन, हस्तकला विश्वविद्यालय स्थापनामा प्रदेश सरकारको सहयोगका लागि पनि आग्रह गरे । सो अवसरमा संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्य, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठले हस्तकला क्षेत्रको प्रवद्र्धनका लागि आफ्नो मन्त्रालयले आ–आफ्नो कार्यक्षेत्रभित्र पर्ने कार्यलाई प्राथमिकतापूर्वक कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । 

उनीहरूले प्रदेशभित्रका मन्त्रालय तथा कार्यालयमा हस्तकलाको प्रयोग बढाउने, हस्तकला ग्राम स्थापना तथा सञ्चालन विधेयक संसद्बाट पारित गरी कार्यान्वयन गराउने प्रतिबद्धता पनि जनाए ।

 त्यस्तै, आगामी आर्थिक वर्षको बजेटमा सम्बन्धित संस्थाकै नाम उल्लेख गरी बजेट विनियोजन गर्ने व्यवस्थाको थालनी गर्ने, हस्तकला नीति स्वीकृत गरी कार्यान्वयन गर्ने, वनजन्य उद्योगमा आधारित हस्तकला वस्तुका लागि आवश्यक पर्ने कच्चा पदार्थहरू काठ, ढुंगा सहज रूपबाट उपलब्ध गराउनेलगायत प्रतिबद्धतासमेत जनाए ।