१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ बैशाख १७ सोमबार o९:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

व्यक्ति हत्या गरेर फरार तीनजना आरोपी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o९:o७:oo

छुरा प्रहार गरेर व्यक्तिको हत्या गरी फरार भएका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ११ खार्मीका ३० वर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेर फरार भएका दिक्तेल रूपाकोट मझुवागढी–११ का २२ वर्षीय विकास राई, २० वर्षीय आसन राई र २८ वर्षीय गणेश राईलाई प्रहरीले पक्राउ गरेको हो । 

१ वैशाख साँझ ८ बजे आपसी वादविवादको क्रममा धनजित राईलाई उनीहरूले शरीरको विभिन्न भागमा छुरा प्रहार गरी हत्या गरेर फरार भएका थिए । छुरा प्रहारबाट घाइते राईको घटनास्थलमै मृत्यु भएको थियो ।  

जिल्ला प्रहरी कार्यालय खोटाङले फरार रहेका तीनैजनालाई स्थानीय प्रहरीको सहयोगमा दिक्तेल रूपाकोट मझुवागढी– १० बाट ३ वैशाखमा पक्राउ गरेको हो । पक्राउ परेका तीनैजनालाई कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको खोटाड प्रहरीले जनाएको छ । 
 

ad
ad