मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o चैत ३० शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o चैत ३० शुक्रबार १४:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्छ : मन्त्री अर्याल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत ३० शुक्रबार १४:४६:oo

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्ने बताएका छन्।

रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि आयोजित चारदिने तालिमको समापन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताएका हुन्।

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट अपेक्षित रूपमा परिणाम आउन नसकेको मन्त्री अर्यालको भनाइ छ। ‘जुन उद्देश्यका साथ कार्यक्रमको घोषणा गरियो, त्यो आमनागरिकले महसुस गर्न पाएनन्। कार्यक्रमले लक्षित वर्गलाई छुन सकेन। त्यसैले यसलाई परिणाममुखी बनाउन यसको ढाँँचा परिवर्तन गर्न आवश्यक छ,’ उनले भने।

त्यस्तै, मन्त्री अर्यालले तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरे। उक्त तालिममा नौ जिल्लाका रोजगार संयोजक र रोजगार सहायक गरी एक सय ४२ जनाको उपस्थिति थियो।