१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o७:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आर्थिक वृद्धिदर ३.६ प्रतिशत पुग्ने एडिबीको प्रक्षेपण

एडिबीको रिपोर्ट भन्छ– नेपाली अर्थतन्त्र क्रमशः सुधारोन्मुख, चुनौती कायमै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:५o:oo

एसियाली विकास बैंक (एडिबी)ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । एडिबीको प्रकाशन ‘एसियाली विकास परिदृश्य–२०८०’ ले यस्तो प्रक्षेपण गरेको हो । यो प्रक्षेपण गत आर्थिक वर्ष ०७९/८० को अनुमानित १.९ प्रतिशत वृद्धिको तुलनामा बढी हो ।

‘मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहित हुने अपेक्षा गरिएको छ,’ नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोस्वाले भने, ‘यसका अतिरिक्त, सरकारले आर्थिक वर्षको पछिल्लो ६ महिनामा पुँजीगत खर्चमा दिएको तीव्रता र आर्थिक वर्ष ०८०/८१ को अन्त्यसम्म थप जलविद्युत् परियोजनाको उत्पादन सुरु भई आर्थिक वर्ष ०७९/८० मा औद्योगिक वृद्धि बढ्दै जाने प्रक्षेपण गरिएको छ ।’ 

कर्जा नियन्त्रणमा सहजता, ब्याजदरमा थप गिरावट र पर्यटन आयमा विस्तारले सेवा क्षेत्रको वृद्धिले पनि गति दिनेछ । धान उत्पादनमा वृद्धि भए पनि हिउँदे वर्षाको कमीका कारण हिउँदे बाली र अन्य कृषि उत्पादनमा आएको कमीले कृषि क्षेत्रमा पनि आर्थिक वर्ष ०७९/८० को २.७ प्रतिशतको तुलनामा २.८ प्रतिशतको वृद्धि हुन सक्नेछ । मनसुनी अनुकूलता बढ्दै गइरहेको र विभिन्न बालीको उपयोगले कृषिमा सुधार हुने अपेक्षा छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको उच्च ब्याजदर र आयातको अवरोधले उद्योग क्षेत्रमा ०.६ प्रतिशतले मात्रै वृद्धि हुने प्रक्षेपण छ । बढ्दो विद्युतीकरणले ऊर्जा क्षेत्रमा भने १९.४ प्रतिशतले वृद्धि हुने अनुमान छ । एडिबीले आगामी आर्थिक वर्षमा ४.८ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

एसियन डेभलपमेन्ट आउटलुक ०८०/८१ का अनुसार पेट्रोलियमको मूल्यमा देखिएको गिरावट र भारतमा मुद्रास्फीति न्यूनीकरणसँगै नेपालमा औसत मुद्रास्फीति आर्थिक वर्ष ०७९/८० को ७.७ प्रतिशतको तुलनामा आर्थिक वर्ष ०८०/८१ मा ६.५ प्रतिशतमा झर्ने प्रक्षेपण छ ।

बाह्य क्षेत्र जोखिम सापेक्ष रूपमा नियन्त्रणमा रहेको छ । आर्थिक वर्ष ०८०/८१ को पहिलो ६ महिनामा बचतमा रहे पनि चालू खाता पुनः घाटामा जान सक्ने देखिन्छ । अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनासँग तुलना गर्दा वार्षिक व्यापार घाटा आर्थिक वर्ष ०८०/८१ मा ४.७ प्रतिशतले घटेको छ भने सो अवधिमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भएको छ भने चालू खाता बचत १.२ बिलियन अमेरिकी डलर पुगेको छ । 

यद्यपि, यस आर्थिक वर्षको बाँकी अवधिमा उच्च आयात र स्थिर रेमिट्यान्स आप्रवाहले आर्थिक वर्ष ०८०/८१ मा चालू खाता घाटा कुल गार्हस्थ्य उत्पादनको ०.७ प्रतिशत प्रतिशत पुग्ने प्रक्षेपण छ ।‘विश्व अर्थतन्त्रमा देखा पर्न सक्ने शिथिलताले नेपालको पर्यटन तथा विप्रेषणप्राप्तिमा प्रभाव पर्न गई आर्थिक वर्ष ०८०/८१ को आर्थिक परिदृश्यमा ह्रास आउने जोखिम रहेको छ,’ एडिबीका प्रमुख अर्थशास्त्री इयान हासिनले भने ।

गहिरिँदो भूराजनीतिक हलचलले आपूर्ति शृंखला हुन सक्ने अवरोधले विश्वव्यापी मुद्रास्फीति र वित्तीय अवस्थामा कडाइ सिर्जना गर्न सक्छ । यसले आन्तरिक मौद्रिक नीति कसिलो बनाउन प्रेरित गर्नुका साथै लगानी र उपभोगमा ह्रास आई आर्थिक वृद्धिलाई तल धकेल्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।

भारतमा मुद्रास्फीति दर र अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थ मूल्यमा स्थिरता आउने अनुमानले चालू आर्थिक वर्षमा नेपालको मुद्रास्फीति ६.५ प्रतिशत र आगामी आर्थिक वर्षमा ६ प्रतिशत कायम रहने एडिबीको अनुमान छ ।

ad
ad