मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o चैत २७ मंगलबार
  • Saturday, 12 July, 2025
२o८o चैत २७ मंगलबार १८:१o:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

एक वर्षपछि कर्णालीको सत्तामा एमाले, मुख्यमन्त्रीमा दाबी पेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २७ मंगलबार १८:१o:oo

कर्णाली प्रदेशमा मुख्यमन्त्रीका लागि एमाले संसदीय दलका नेता यामलाल कँडेलले दाबी पेस गर्दै बहुमत सांसदको हस्ताक्षर बुझाएका छन्।

प्रदेश प्रमुख तिलक परियारले दिएको सात दिनको समय सकिन केही घण्टा बाँकी रहँदा मुख्यमन्त्रीमा कँडेलले दाबी पेस गरेका हुन्।

केन्द्रमा एमाले र माओवादीबीच बनेको सत्तागठबन्धनको सहमतिअनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि २१ चैतमा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका थिए।

सत्तागठबन्धनमा भएको सहमतिअनुसार मंगलबार नेकपा एमाले संसदीय दलका नेता कँडेलले माओवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेसँगै कर्णालीमा एमाले सरकारमा सहभागी हुने निश्चित भएको हो।

कँडेललाई एमालेका १०, माओवादीका १३ र समाजवादीका एक सांसदको समर्थन छ। ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउन २१ सांसदको समर्थन चाहिन्छ।