काेशीमा एमाले र माओवादीले बुझाए ५२ सांसदकाे हस्ताक्षर, विशेष अधिवेशन माग

सोमबार, २६ चैत, २०८०
डिजिटल संस्करण

काेशी प्रदेशमा नेकपा एमाले र नेकपा  माओवादी केन्द्रले ५२ सांसदकाे हस्ताक्षर बुझाउँदै नयाँ सरकार गठनका लागि संसद्काे विशेष अधिवेशन माग गरेका छन्।

साेमबार एमालेका ३९ र माओवादीका १३ सांसदले बहुमतसहितकाे हस्ताक्षर प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष बुझाएका हुन्।  उनीहरूले दुई पार्टीकाे बहुमत पुगेकााले नयाँ सरकार गठनका लागि विशेष अधिवेशन आह्वान गर्ने माग रेका छन्। 

कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रले सरकारलाई दिएकाे समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएकाे छ।

कोशी सरकारमा माओवादी केन्द्रबाट मन्त्री बनेका तीनैजनाले राजीनामा दिएका छन्। साथै एमालेले पनि सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे छ। 
 

सुझावित समाचार