१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २६ सोमबार
  • Monday, 07 July, 2025
२o८o चैत २६ सोमबार १६:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिक उन्मुक्तिकी समानुपातिक सांसद गिरी पदमुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २६ सोमबार १६:o१:oo

नागरिक उन्मुक्तिबाट सुदूरपश्चिम प्रदेश सभाका समानुपातिक सांसद इन्दिरा गिरी पदमुक्त भएकी छन्। गिरीलाई उनको पार्टीले फिर्ता बोलाएको जानकारीसहितको सूचना प्रदेश सभा सचिवालयले सोमबार टाँस गरेसँगै उनी पदमुक्त भएकी हुन्।

नागरिक उन्मुक्तिले गिरीलाई फिर्ता बोलाएको पत्र प्रदेश सभामा गत २१ चैतमा दर्ता गरेको थियो। नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाउने निर्णय गरेको पत्र सभामुखलाई पठाएकी थिइन्।

सांसद गिरीलाई फिर्ता बोलाइएको पत्र प्रदेश सभा सचिवालयमा पेश भएकोले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सभामुखको निर्देशनअनुसार सूचना टाँस गरिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताएका छन्।

सरकारको समर्थनलाई लिएर नागरिक उन्मुक्तिभित्र विवाद चुलिएपछि अध्यक्ष श्रेष्ठले समानुपातिक सांसद गिरीलाई कारबाही गरेकी थिइन्। २२ चैतमा पदबाट राजीनामा दिएका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा गिरी सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री हुन्।