१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुल्मीको सीताराम मन्दिरमा रामकथा प्रवचन तथा राष्ट्रकल्याण महायज्ञ हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:१९:oo

महायज्ञ बैशाख ५ देखि ११ गतेसम्म सञ्चालन हुने

गुल्मीको रेसुंगा नगरपालिका–१३ को भुवानेपार्क राम्चे डाँडामा निर्माण भएको सीताराम मन्दिरमा श्रीराम कथा, हनुमान चालीस, हवनात्मक अनुष्ठान राष्ट्रकल्याण महायज्ञ हुने भएको छ ।

सीताराम मन्दिर व्यवस्थापन समितिको आयोजना तथा लोककल्याणकारी सेवा प्रतिष्ठान एवं राम जानकी बालिका आश्रम देवघाटको सह-आयोजनामा आगामी बैशाख ५ देखि ११ गतेसम्म सञ्चालन हुने महायज्ञमा नेपालकै कम उमेरकी वाचिका सुश्री उमामहेश्वरीले कथा प्रवचन गर्ने सीताराम मन्दिरका निर्माणकर्ता सुब्बा बस्नेतले जानकारी दिए ।

त्यस्तै राधिका लोककल्याणकारी उप-वाचिका रहेकी छिन् । महायज्ञको लागि सम्पूर्ण तयारी पूरा भएको छ । महायज्ञमा शोभाकलश यात्रा, रामकथा पाठपारायण, राम आरती, कलात्मक भजन, विद्वान तथा सन्तमहात्माबाट दिव्य कथा प्रवचन, हनुमान हवनात्मक अनुष्ठान र रामकथामा आधारित दिव्य झाँकी प्रस्तुत् गरिने बस्नेतले बताए ।

उनले उमेर पुगेर चौरासी पूजा गर्न नसकेका र लक्ष्यवत्ति बाल्न नसकेका विपन्न परिवारलाई महायज्ञका बटुकद्वारा दैनिक नि:शुल्क पूजाको व्यवस्था गरिएको बताए । साथै महायज्ञमा स्वतस्फूर्त प्रदान गरिएको सहयोग रकमबाट ५/१० प्रतिशत रकम बिपन्नलाई सहयोग गरिने र बाँकी रकम रेसुंगा क्षेत्रको धार्मिक विकासमा खर्च गरिने बस्नेतको भनाइ छ । 

व्यत्तिगत लगानीमा एक करोडको मन्दिर स्थापना 

एक करोडको व्यक्तिगत लगानीमा मन्दिर बनाउने इन्जिनियर सुब्बा बस्नेत

त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान श्रीरामको पदार्पण भएको पवित्रभूमि तथा कृष्यश्रृङीले  तपस्या गरेको रेसुंगाको काखमा गत वर्ष स्थानीय सुब्बा बस्नेतले मन्दिर निर्माण गरेका हुन् । नेपाली समुदायमा धन र मन भएका व्यक्ति कमै छन् । धेरै धन भएकाहरुले सामाजिक कर्म गर्दैनन् । तर, प्रसिद्ध धार्मिक स्थल रेसुंगाको काखमा बस्नेतले एक करोड बढि खर्च गरेर सीताराम मन्दिर निर्माण गरेका छन् ।

उनले गत वर्ष राम नवमीको अवसरमा स्वामी विवेकानन्द मार्फत मन्दिरको उद्घाटन गरेका थिए । प्रत्येक वर्ष आफू भोको रहेर भएपनि सीताराम मन्दिरमा महायज्ञ गर्ने बस्नेतले बताए । स्थानीयका अनुसार त्रेतायुगमा रेसुंगामा भगवान श्रीराम जाने बेलाका पाइला छोडेका थिए । पछि सडक निर्माणको क्रममा पाइलाहरु फुटालिएपछि आफुले सोहि ठाउँमा एक करोड खर्च गरेर मन्दिर निर्माण गरेको बस्नेतकाे भनाइ छ । स्थानियले ती पाइलाहरु रहने बेलासम्म एकादशीका दिन पूजा गर्ने गर्थे । बस्नेत इन्जिनीयर पनि हुन् । उनले आफैले डिजाइन गरेर मन्दिर बनाएका हुन् । 

ad
ad