१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o९:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मोबाइल एपबाटै विनाधितो दुई लाखसम्म कर्जा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:५९:oo

कृषि विकास बैंकले एडिबिएल स्मार्ट प्लस एपमा कर्जाको नयाँ सुविधा सुरु गरेको छ । यस सुविधामार्फत ग्राहकले विनाकुनै धितो बैंकिङ एपबाटै ग्राहकले दुई लाख रुपैयाँसम्म तुरुन्तै कर्जा प्राप्त गर्न सक्ने बताइएको छ । बैंकका अनुसार कर्जाका लागि प्रत्यक्ष रूपमा कागजी कार्य वा बैंक भ्रमण गर्नुपर्नेछैन । 

यस बैंकमा तलबी प्रकारका खाता भएका योग्य ग्राहकले बैंकले तोकेको सीमाअनुसार मोबाइल बैंकिङ एपबाट नै कर्जा लिन, मासिक किस्ताका आधारमा उक्त कर्जाको भुक्तानी तीनदेखि एक वर्षसम्म तय गर्न सक्ने बैंकले जनाएको छ । त्यसैगरी, पूर्वभुक्तानीको विकल्प पनि रहेको बैंकले जनाएको छ । 

त्यसैगरी, एडिबिएल इन्स्ट्यान्ट फोन लोनका लागि योग्य ठहरिएका ग्राहकले ‘बाई नाउ, पे लेटर’को सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यो सुविधाको प्रयोग कुनै पनि फोनपे मर्चेन्टमा क्युआरमार्फत क्रेडिट भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ । यसबाट ग्राहकले आफूलाई चाहिएको सामानको खरिद गर्न अनुमति दिने र यसलाई निर्धारित समयभित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ । 

त्यसैगरी, ग्राहकले ‘कन्भर्ट टु इएमआई’ सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यसअन्तर्गत ग्राहकले आफ्नो अघिल्लो ठूलो कारोबार रकमलाई कर्जामा रूपान्तरण गरी मासिक किस्तामा भुक्तानी गर्न सक्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले एडिबिएल स्मार्ट प्लसमा फोन लोन सुरु भएसँगै अब लोन लिन बैंक आउनुपर्ने र धितो चाहिने झन्झट अन्त्य भएको बताए । 

‘हाम्रो लक्ष्य भनेको ग्राहकलाई अधिकतम सुविधा प्रदान गर्ने हो,’ फोन लोनका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले भने, ‘फोन लोनमार्फत डिजिटल लोन प्रक्रियालाई सहज बनाउने र आवश्यकतामा तत्काल मोबाइल बैंकिङबाटै लोन प्रदान गरी ग्राहककाई सजिलो बनाउनु हो ।’

ad
ad