१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
मञ्जु टेलर काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o९:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

'६० प्रतिशत रोग वन्यजन्तुबाट मानिसमा सर्छ'

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:५४:oo

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठले पशुबाट ६० प्रतिशत रोग मानिसमा सर्ने गरेकाे बताएका छन्। चितवनमा भएको एक कार्यक्रमा उनले यस्तो बताएका हुन् 

वान हेल्थ अवधारणाबारे चितवनमा समुदायसँग उच्चस्तरीय कार्यक्रमको आयोजना भएको छ। अमेरिकन राजदूतावास, युनाइटेड स्टेट डिपार्टमेन्ट अफ एग्रिकल्चर र सेन्टर फर मलिक्युलर डाइनामिक्सको संयुक्त आयोजनामा एक उच्चस्तरीय कार्यक्रम गरिएको हाे।

चितवन राष्ट्रिय निकुञ्जसँग आबद्ध संघ-संस्था, नागरिक अगुवा र स्थानीय सरकारका प्रतिनिधिहरूसँग वान हेल्थ अवधारणा, यसले पारेको असर र बच्ने उपायहरूको खोजी भएको छ। 

कार्यक्रममा सहभागी अधिकारीहरूले नेपाल जुनोटिक रोगहरूको उच्च जोखिममा रहेको औँल्याएका छन्। जुनोटिक रोगका कारणले हुने महामारी र स्वास्थ्य प्रकोपको जोखिमलाई रोक्न तथा न्यूनीकरणमा ध्यान दिन सहभागीहरूले जोड दिएका छन्।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले सन् २००६ देखि तीन/तीन वर्षको अन्तरालमा डेंगी देखिन थालेको बताए। उनले यसको कारण पत्ता लगाउन आवश्यक ठानेका छन्। डेंगी पहिलोपटक नेपालमा सन् २००४ बाट देखिन थालेको हो। सोही समयमा चितवनमा पहिलो केस पुष्टि भएदेखि हालसम्म हरेक वर्ष देखिएको छ।

रुपाखेतीले डेंगु समुदायस्तरमा फैलँदो क्रममा भएको स्पष्ट पारे। प्रमुख रुपाखेतीले चितवनमा गरिएको अनुसन्धानलाई देखाउँदै आधिकांश केस डायरमा देखिएको बताए। लामखुट्टेको वृद्धि विकास रोक्न वातावरणको उचित व्यवस्थापन जरुरी रहेको प्रमुख रुपाखेतीले बताए। उनले अहिलेको अवस्थामा डेंगु रोक्न सम्भव नभएको भन्दै विद्यालयस्तरबाटै प्रचारप्रसार आवश्यक भएको बताए।

जलवायु परिवर्तन र विकास निर्माणसँगै कीटजन्य रोगहरू हिमाली जिल्लाहरूमा समेत देखिन थालेको छ। चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठले पशुबाट मान्छे, मान्छेबाट पशुमा लाग्ने रोग नै जुनोटिक भएको बताए। 'विगतमा जनावरको स्वास्थ्यलाई लिएर कसैले पनि ध्यान दिएका थिएनन्, डा. श्रेष्ठले भने, 'अहिले आधिकांश रोगहरू जनावरबाटै मान्छेमा आएपछि जनावरको स्वास्थ्य पहिलो प्राथमिकतामा परेको छ।'

'वान हेल्थ अवधारणाले मानव स्वास्थ्य, जनावरको स्वास्थ्य र वरिपरिको वातावरणसँग निकटतम सम्बन्ध रहेको देखाउँछ,' डा. श्रेष्ठले भने, '६० प्रतिशत रोग जनावरबाट मानिसमा सरेको छ ।' प्राचीन कालमा नभएको रोगहरू अहिले धमाधम देखिन थाल्नुले पनि वान हेल्थ अवधारणालाई आत्मसाथ गर्दै अगाडि बढाउनुपर्ने देखाएको उनकाे भनाइ छ।

विश्वका कतिपय देशहरूमा वन्यजन्तुको सेवनमा निकै कडाइ गर्न थालिएको छ। उनले कोभिड हुनुमा वन्यजन्तु व्यापारको ठूलो हात रहेको बताए। जनावरमा देखिएको क्षयरोग मानिसमा पनि देखिएको डा. श्रेष्ठले बताए।

क्षयरोगकै कारण धेरै चितवनमा हात्तीको मृत्यु भएको छ। गैँडामा भने फरक प्रकारको क्षयरोग देखिएको श्रेष्ठकाे भनाइ छ। त्यस्तै, मलेरियाको जीवाणु पनि परीक्षण गर्न थालिएको छ। '६० प्रतिशत रोग जनावरबाट मानिसमा सर्ने गरेको छ। तर, दुर्भाग्य जनावरको मृत्यु नहुँदासम्म उसको स्वास्थ्य परीक्षण हुँदैन,' डा. श्रेष्ठले भने, 'वान हेल्थको मुख्य भूमिका भनेकै वन्यजन्तुको हो।'

ad
ad