१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
मुख्य समाचार डिजिटल संस्करण

सन्दीप लामिछानेको मुद्दामा विपक्षी झिकाउन उच्चको आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १७:१२:oo

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनले विपक्षी झिकाउने आदेश दिएको छ। जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका लामिछाने पुनरावेदनका लागि उच्च अदालत गएका थिए।

लामिछानेले नेपाल सरकारलाई विपक्षी बनाई गत फागुन १० गते उच्च अदालतमा पुनरावेदन गरेका थिए। जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गर्दै आठ वर्ष कैद सजाय सुनाएको छ।

उच्चका न्यायाधीशद्वय नृपध्वज निरौला र कृष्णराम कोइरालाको इजलासले लामिछानेकाे पुनरावेदनमा सुनुवाइ गर्दै विपक्षी  झिकाउन आदेश दिएको हो। साे मुद्दाको अर्को सुनुवाइ आगामी वैशाख ३ गतेलाई तोकिएको छ।

 

ad
ad