Skip This
एक बोरा धान चोर्न वृद्धाको हत्या
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २३ शुक्रबार
  • Saturday, 27 July, 2024
श्रवण थापा सर्लाही
२o८o चैत २३ शुक्रबार १२:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक बोरा धान चोर्न वृद्धाको हत्या

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८o चैत २३ शुक्रबार १२:३१:oo

सर्लाहीको बागमतीमा एक बोरा धानका लागि एक व्यक्तिले वृद्धाको हत्या गरेको खुलेको छ।

एक बोरा धान लुट्ने क्रममा रौतहटको वृन्दावन नगरपालिका– ५ नरकटियाका अन्दाजी ३९ वर्षीय प्रमोद झा भनिने प्रमोद चौधरीले बागमती नगरपालिका– ४ बस्ने ७० वर्षीया पार्वती महतोको हत्या गरेको प्रहरीले जनाएको छ।

गत मंगलबार साँझ महतो आफ्नै घरमा मृत फेला परेकी थिइन्। बिहीबार पत्रकार सम्मेलनमार्फत प्रहरीले घटनामा संलग्न चौधरीलाई सार्वजनिक गरेको हो। चौधरीलाई घटनाको भोलिपल्ट बागमती नगरपालिका– १, नहरनजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब निरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए। 

चौधरी केही समययता बागमती नगरआसपासमा काम गरेर बसेका थिए। अनुसन्धानको क्रममा उनी लागुऔषध दुर्व्यसनी रहेकोसमेत खुलेको प्रहरीले जनाएको छ लागुऔषध प्रयोगका लागि पैसा नभएपछि धान चोर्न खोजको प्रहरीको आशंका छ।

सोही क्रममा वृद्धाले प्रतिकार गर्दा चौधरीले नजिकै रहेको चिर्पट टाउकोमा प्रहार गरेको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ। चौधरीले घटनास्थलबाट लिएर गएको धान गाउँनजिकै पसलमा बेच्नसमेत खोजेको सिसिटिभी फुटेजमा देखिएको छ। सोही आधारमा अनुसन्धान गर्दा चौधरी पक्राउ परेका जिल्ला प्रहरीका सूचना अधिकारी एवं डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

चौधरीलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको छ।