मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o चैत २२ बिहीबार
  • Monday, 31 August, 2026
२o८o चैत २२ बिहीबार १५:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश सभा बैठक पाँच बजेलाई सर्‍याे

नागरिक उन्मुक्तिका सांसद फर्कने आसमा मुख्यमन्त्रीले गरे बैठक सार्न आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २२ बिहीबार १५:२२:oo

सुदूरपश्चिम प्रदेश सभाको बैठक सरेको छ। मुख्यमन्त्रीको आग्रहमा दिउँसो ३ बजेका लागि आह्वान गरिएको बैठक बेलुकी ५ बजे सारिएको हो।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले प्रदेश सरकारको विशेष आग्रहमा बैठक दुई घण्टा पछि सारिएको जानकारी दिए। दिउँसो ३ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यतालिका थियो।

काठमाडौंमा रहेका नागरिक उन्मुक्तिका दुई र एकजना स्वतन्त्र सांसद फर्केका छैनन्। उनीहरू फर्कने अपेक्षासहित मुख्यमन्त्रीले बैठक सार्न आग्रह गरेका बताइएको छ। तर, नागरिक उन्मुक्तिका दुई सांसद फर्कने सम्भावना कम रहेको उक्त पार्टीनिकट स्रोतले जनाएको छ।

विश्वासको मत दिनेबारे नागरिक उन्मुक्तिमा चर्को विवाद छ। नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले मुख्यमन्त्रीलाई विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेकी छिन्। पार्टीका संरक्षक रेशम चौधरी भने कांग्रेस नेतृत्वको प्रदेश सरकार जोगाउन लागिपरेका छन्। 

नागरिक उन्मुक्तिको संसदीय दलले विश्वासको मत दिन ह्विप जारी गरेको छ। नागरिक उन्मुक्तिका सात सदस्यमध्ये पाँच जना मन्त्री छन्। उनीहरू रेशमनिकट हुन्।

मुख्यमन्त्रीले विश्वासको मत पाउने सम्भावना कम छ। नागरिक उन्मुक्तिका एक सांसद पनि अनुपस्थित भए मुख्यमन्त्रीले विश्वासको मत पाउनेछैनन्। आज बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदले विश्वासको मत पाउने अवस्था नभए राजीनामा दिन सुझाव दिएका थिए।