१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o९:४७:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिस्नेखोला–नागढुंगाको मुख्य टनेल ब्रेक थ्रु वैशाख पहिलो साता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:४७:oo

नेपालको पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को मुख्य टनेलको ‘ब्रेक थ्रु’ वैशाख पहिलो साता हुने भएको छ । दुई हजार ६ सय ८८ मिटरको मुख्य सुरुङमार्गमा अब दुई मिटर मात्रै खन्न बाँकी छ । 

यो परियोजनामा रेस्क्यु र मुख्य गरेर दुई टनेल छन् । दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु टनेल २२ साउनमा ‘ब्रेक थ्रु’ भइसकेको छ । मुख्य टनेल भने ३ वैशाखमा छेड्ने तयारी भएको आयोजना कार्यालयका इन्जिनियर रमेश कोइरालाले जानकारी दिए । ‘ब्रेक थ्रु’ समारोहमा उपस्थितिका लागि नेपाल सरकार, निर्माण कम्पनी र जाइकाका उच्च पदस्थ अधिकारहरूको समय मिलाउने काम भइरहेको छ । अहिलेलाई वैशाख ३ गते नै ब्रेक थ्रु गर्ने गरी तयारी भइरहेको छ,’ उनले भने, ‘बाँकी भएको दुई मिटर खण्ड एकपटकको ब्लास्टिङबाट छेड्न  सकिन्छ । त्यसअनुसार अहिले सुरुङ खन्ने काम भएको छैन ।’ तर, नेपाल सरकारका उच्च पदस्थ अधिकारीको समय मिलाउनुपर्ने हुनाले एक–दुई तलमाथि हुन सक्ने उनको भनाइ छ । 

उनका अनुसार नेपाल सरकार र ऋण सहयोग गर्ने जापान सहयोग नियोग (जाइका) जापानिज निर्माण कम्पनी हाजमा एन्डो कर्पाेरेसनलका उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा सुरुङ ब्रेक थ्रु गर्ने तयारी छ । 

यसअघि २३ फागुनमा मुख्य टनेलको ब्रेक थु गर्ने योजना थियो । तर, स्थानीयले विभिन्न माग राखेर निर्माणमा अवरोध गरेपछि ६ फागुनदेखि ५ चैतसम्म सुरुङ खन्ने काम रोकिएको थियो । त्यसवेला १४ मिटर खण्ड मात्रै खन्न बाँकी थियो । स्थानीयको माग सम्बोधन गर्ने सहमति भएसँगै ६ चैतबाट आयोजनाको निर्माण सुरु भएको थियो । अब भने मुख्य टनेलको ब्रेक थ्रु हुनेमा आशावादी रहेको आयोजना कार्यालयका अधिकारी बताउँछन् । यो नेपालको पहिलो आधुनिक सुरुङमार्ग हो ।

यो टनेल बनेपछि नौबिसे हुँदै काठमाडौं प्रवेश गर्ने सवारीसाधनको यात्रा केही छोटिनेछ  । पश्चिम धादिङको सिस्नेरीबाट सुरु भएको यो सुरुङमार्ग काठमाडौं नागढुंगामा निस्कनेछ । २२ अर्ब १४ करोड रुपैयाँभन्दा बढी लागतमा यो परियोजना बन्दै छ । त्यसमा जाइकाले १६ अर्ब ६३ करोड सहुलियत ऋण उपलब्ध गराएको छ । बाँकी पाँच अर्ब ८५ करोड भने नेपाल सरकारले लगानी गरेको छ । सरकारले उपलब्ध गराउने रकम जग्गाको मुआब्जा, संरचना र अन्य प्रशासनिक कार्यमा खर्च भइरहेको छ । जाइकाले दिएको रकम भने ठेक्कामार्फत आयोजना निर्माणमा खर्च भइरहेको छ 

यो आयोजना बनाउन विभाग र निर्माण कम्पनीबीच सेप्टेम्बर ०१९ मा सम्झौता भएको थियो । ठेक्का प्राप्त जापानिज निर्माण कम्पनी हाजमा एन्डो कर्पाेरेसनले डिसेम्बर २०२० (पुस २०७७) देखि सुरुङ खन्न सुरु गरेको थियो । त्यसको साढे तीन वर्षपछि मुख्य टनेल ब्रेक थ्रु हुन लागेको हो । 

एक वर्षपछि सुरुङमार्ग सञ्चालनमा 
परियोजना सञ्चालनमा आउन भने थप एक वर्ष समय लाग्ने बताइएको छ । सुरुङमार्गलाई ब्रेक थ्रु गरेर मात्र हँुदैन, भित्रको सडक ढलान गर्नुपर्ने हुन्छ । साथै, भित्ता पनि विशेष रूपमा ढलान गर्नुपर्छ । 

यसैगरी, सुरुङमार्गभित्र अक्सिजनको मात्रा मिलाउने, कन्ट्रोल सिस्टम बनाउने, टेलिफोन जडान गर्ने, रेस्क्यु सेन्टर बनाउने, लाइट जडान गर्ने, तामक्रम मिलाउनेलगायतका काम गर्नुपर्छ । त्यसका लागि ६ महिनाभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ । सम्पूर्ण निर्माण कार्य सम्पन्न भएपछि पनि सुरुङलाई सञ्चालनका लागि योग्य (स्टेबल) बनाउन थप न्यूनतम ६ महिना समय पर्खनुपर्छ । 

यसका अलावा आयोजनाअन्तर्गतको फ्लाइओभर बनाउने काम पनि बाँकी छ । त्यो सुरुङमार्ग अगाडि नै बनाउन सकिन्छ । यस्ता काम सम्पन्न गर्न थप एक वर्ष समय लाग्ने आयोजनाको इन्जिनियर कोइरलाले बताए । अर्काे वर्ष अप्रिलसम्म आयोजना तयार हुन सक्ने उनले बताए । 

समग्र भौतिक प्रगति कति ? 
ब्रेक थ्रु भएसँगै आयोजनाका सुरुङ खन्ने काम सकिन्छ । रेस्क्यु टनेलसँगै १२६ मिटरका वर्किङ अडिट र १२८ मिटरको क्रस प्यासेज खन्ने काम सकिएको छ । अब मुख्य टनेल पनि ब्रेक थ्रु हुनेछ । हालसम्म आयोजनाको समग्र भौतिक प्रगति ६२ प्रतिशत हाराहारी पुगेको छ । वित्तीय प्रगति भने ६४ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ । हालसम्म परियोजनाको ११ वटा संरचना तयार भइसकेको छ । आयोजनामा बन्ने १२ संरचना मध्य तीन अन्डरपास र चार बक्स कल्भर्ट (माथि गाडी गुड्ने तल पानी बग्ने संरचना)को निर्माण सकिएको छ । 

ad
ad