१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार ११:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

रिलायन्स फाइनान्सले दियो टेलिभिजन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:२९:oo

रिलायन्स फाइनान्स लिमिटेडले अर्बुद रोगसम्बन्धी स्वास्थ्य संस्थालाई सहयोग गरेको छ । फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल अर्बुद रोग निवारण संस्था काभ्रे शाखा कार्यालय र शिर मेमोरियल अस्पतालको समन्वयमा सञ्चालन गरेको क्यान्सर केयर सेन्टरमा भर्ना भएका बिरामीका कुरुवाका लागि आवश्यक पर्ने टेलिभिजन सेट हस्तान्तरण 
गरेको हो । 

फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्लीले नेपाल अर्बुद रोग निवारण संस्था काभ्रे शाखा कार्यालयका अध्यक्ष नेपाल सुधार भैललाई टेलिभिजन सेट हस्तातरण गरेको जनाइएको छ । उक्त कार्यक्रममा संस्थाका सञ्चालकहरू सुरकृष्ण वैद्य, तुल्सीप्रसाद बराल, ईश्वरीप्रसाद नेउपाने, प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ र उपप्रमुख कार्यकारी अधिकृत रामहरि आचार्यको उपस्थित रहेको फाइनान्सले जनाएको छ । 

फाइनान्सले हाल देशका प्रमुख सहरमा २१ वटा शाखा कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ । 
 

ad
ad