१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ बैशाख १८ मंगलबार १५:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

१४ मतान्तरले एमाले सिन्धुपाल्चोक अध्यक्षमा श्रेष्ठ विजयी

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १५:o६:oo

नेकपा एमाले सिन्धुपाल्चोकको दशौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ। गाउँपालिका राष्ट्रिय महासंघ नेपालका पूर्वअध्यक्षसमेत रहेका होमनारायण श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन्।

निवर्तमान अध्यक्ष कमल नेपाल १४ मतान्तरले पराजित भएका छन्। श्रेष्ठले तीन सय ६३ मत ल्याउँदा नेपालले तीन सय ४९ मत ल्याए। एमालेमा श्रेष्ठलाई कट्टरपन्थी नेताको रूपमा लिइन्छ। अध्यक्ष ओलीका निकट मानिने श्रेष्ठ जुगल गाउँपालिका पूर्वअध्यक्ष हुन्।

०७९ को प्रदेश सभा निर्वाचनमा उनी पराजित भएका थिए। यसपटक माओवादीबाट एमालेमा गएका पूर्वमन्त्री दावा तामाङ र एकीकृत समाजवादीबाट एमाले फर्केका पूर्वसांसद सुभाष कर्माचार्यले श्रेष्ठलाई साथ दिएका थिए।

अधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्रको चर्को आलोचना गरेकाले वामपन्थी एकतामा जोड दिने प्रतिनिधिले नेपाललाई मत नदिएको चर्चा छ। 

सदरमुकाम चौतारामा सम्पन्न अधिवेशनमा सात सय ४७ प्रतिनिधि मत जाहेर गर्न चार दिनदेखि होटेलमा बसेका थिए। जसमध्ये सात सय १३ जनाले मतदान प्रक्रियामा भाग लिएका थिए। अधिवेशन लम्बिएकाले केही प्रतिनिधि मतदान नगरी घर फर्केका थिए।

उपाध्यक्षमा अर्जुनकुमार भण्डारी विजयी भएका छन्। उनले तीन सय ४५ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी विष्णुमणि आचार्यले तीन सय सात मत ल्याए। सचिवमा कृष्णगोपाल तामाङ चार सय तीन मत ल्याएर निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी यज्ञ सापकोटाले दुई सय ७० मत प्राप्त गरे। उपसचिवमा शिवहरि सापकोटाले तीन सय ३६ मत ल्याएर विजयी भए भने विजयकृष्ण श्रेष्ठ तीन सय १३ मतमा रोकिएर पराजित भए। 

महिलातर्फ उपसचिवमा सुशीला पाख्रिनले चार सय ५६ मत ल्याएर निर्वाचित भइन्। उनकी प्रतिद्वन्द्वी शोभा कार्कीले दुई सय आठ मत ल्याइन्। सिन्धुपाल्चोक एमालेले एक सय एक निर्वाचित र चार मनोनीतसहित एक सय पाँच सदस्य जिल्ला कमिटी गठन गर्नेछ। 

ad
ad