१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार ११:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनआइसिसिआईले गर्‍यो मानार्थ सदस्य र महावाणिज्यदूतलाई सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:४९:oo

नेपाल–इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनआइसिसिआई)ले अध्यक्ष सञ्जय अग्रवाल, नेपाल–इटाली चेम्बर अफ कमर्सका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ र इटालीका लागि नेपालका महावाणिज्यदूत प्रतिमा राणा पाण्डेलगायत एनआइसिसिआईका अन्य प्रमुख व्यक्तित्वहरूलाई सम्मान गरेको छ । चेम्बरले १०औँ वार्षिक साधारणसभामा चेम्बरको उद्देश्यप्रति उहाँहरूको अटल प्रतिबद्धताका लागि प्रशंसापत्र प्रदान गरेर सम्मान गरेको हो ।

साधारणसभाले इटाली र नेपालबीच बलियो व्यावसायिक सम्बन्ध प्रवद्र्धन गर्ने चेम्बरको अटल प्रयासमा एउटा महŒवपूर्ण कदम सावित भएको निष्कर्ष निकालेको छ । कार्यक्रममा प्रमुख अतिथि सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले ‘एनआइसिसिआई डाइरेक्टरी’को अनावरण गरेकी थिइन् । 

त्यस्तै, नवनियुक्त सदस्यहरूलाई स्वागत र सम्मान गर्नुका साथै एनआइसिसिआईको नेपाल र इटालीबीचको व्यापार र लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यप्रति उहाँहरूको समर्पणको प्रमाणका रूपमा सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो । राजेशकाजी श्रेष्ठ, श्रीमती प्रतिमा पाण्डे र माननीय रेखा शर्मालगायत विशिष्ट वक्ताहरूले एनआइसिसिआईले विगत वर्षमा हासिल गरेका उपलब्धिबारे छलफल गरेका थिए ।

एनआइसिसिआईका अध्यक्ष सञ्जय अग्रवालले सबै सदस्यहरूलाई उनीहरूले गरेकाे अटल सहयोग र समर्पणका लागि आभार व्यक्त गरेका थिए । उनले नेपाल र इटालीबीचको व्यापारिक सम्बन्ध र आर्थिक विकासलाई उत्प्रेरित गर्ने एनआइसिसिआईको अटल प्रतिबद्धता रहिरहने बताए ।

ad
ad