१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o६:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पशु बिमाको बक्यौता अनुदानमध्ये ४६ करोड ४१ लाख भुक्तानी हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:१o:oo

पशु बिमातर्फको बक्यौता अनुदानमध्ये ४६ करोड ४१ लाख रुपैयाँ भुक्तानी हुने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको समन्वयमा अर्थ मन्त्रालयले पहिलो चरणमा सोबराबरको बिमा अनुदान रकम भुक्तानी गर्ने भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयकी प्रवक्ता सबनम सिवाकोटीले जानकारी दिइन् । गत मंसिरमै पाउनुपर्ने चालू आर्थिक वर्षमै छुट्याएको विनियोजित रकम हो, प्राविधिक कारणले रोकिएको उनको भनाइ छ ।

यो अनुदान रकम आव ०७९/८० असोजदेखि पुससम्मको  हो । उनले भनिन्, ‘यो एक हप्ताभित्र भुक्तानी गर्ने तयारी छ । थप रकमका लागि पनि हामीले पहल गरिरहेका छौँ, अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित गरी भुक्तानी हुने कुरा छ ।’ सरकारले पशुपक्षीतर्फको दुई अर्ब १२ करोड ३२ लाख ६५ हजार र कृषितर्फको १४ करोड ४७ लाख ७१ हजार गरी कुल दुई अर्ब २६ करोड ८० लाख रुपैयाँ अनुदान भुक्तानी गर्न बाँकी छ । 

मन्त्रालयले कृषितर्फको १२ करोड रुपैयाँ यसअघि मंसिरमै भुक्तानी गरिसकेको छ । कृषि अनुदानको उक्त रकम गत आवको चैतसम्मको अनुदान हो । अब कृषितर्फ वैशाख ०८० र पशुतर्फ माघ ०७९ यताको बक्यौता बाँकी हुनेछ । त्यसका लागि अर्थ मन्त्रालयसँग समन्वय भइरहेको प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले जानकारी दिए । उनले भने, ‘बाँकी रहेको रकम पनि ६–७ महिनामा आउने कुरा भएको छ ।’ 

सरकारले बिमाशुल्कमा दिने अनुदानबापतको रकम भुक्तानी नगरेपछि निर्जीवन बिमा कम्पनीहरूले १ चैतबाट कृषि तथा पशुपक्षी बिमाको कारोबार स्थगित गरेका थिए । कृषि र पशुपक्षी बिमाको शुल्कमा सरकारले ८० प्रतिशत अनुदान दिनुुपर्ने व्यवस्था छ । सोहीअनुसार कम्पनीहरूले किसानबाट २० प्रतिशत मात्रै शुल्क लिएर बिमा गर्दै आएका छन् । तर, सरकारले पशुपक्षी बिमातर्फ गत आव ०७९÷८० को भदौयताकै अनुदान दिएको छैन । पशुपक्षी बिमातर्फ झन्डै डेढ अर्ब हाराहारीको अनुदान बक्यौता छ । यसैगरी, कृषि बिमातर्फ ०७९ चैतयताको अनुदान बक्यौता बाँकी छ । पटक–पटक ताकेता गर्दा पनि पैसा नपाएपछि कारोबार नै स्थगित गरेको थियो । 

अनुदान रकम नपाएपछि यसअघि पनि कम्पनीहरूले गत ७ जेठदेखि ६ असारसम्म कारोबार स्थगित गरेका थिए । त्यसवेला झन्डै तीन अर्ब बक्यौता थियो । सरकारले बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता गरेपछि कम्पनीहरूले ७ असारबाट कारोबार सुचारु गरेका थिए । त्यसपछि झन्डै एक अर्ब हाराहारीमा सरकारबाट भुक्तानी भएको थियो । साथै, गत असारभित्रै सबै बक्यौता भुक्तानी गर्ने सरकारी प्रतिबद्धता थियो । तर, प्रतिबद्धताअनुसार पैसा नआएको र गत आवकै बक्यौता बाँकी भएपछि बिमा कम्पनीहरू एक्सनमा उत्रिएका थिए ।

ad
ad