१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १९ सोमबार
  • Tuesday, 01 July, 2025
मुख्यमन्त्री शालिकराम जम्कट्टेल
२o८o चैत १९ सोमबार १३:१३:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

एकीकृत समाजवादीले बागमतीमा विश्वासको मत दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत १९ सोमबार १३:१३:oo

बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेको एकीकृत समाजवादीले अन्ततः मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ।

सात प्रदेशमध्ये एउटामा मुख्यमन्त्री पाउनुपर्ने अडान लिएको समाजवादीले सुदूरपश्चिममा मुख्यमन्त्री पाउने भएपछि बागमतीमा विश्वासको मत दिने भएको हो।

एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले सुदूरपश्चिममा मुख्यमन्त्री पाउने भएपछि बागमती प्रदेशमा विश्वासको मत दिन लागेको बताए।

गठबन्धन दल एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताको बैठकले तत्काल बागमतीमा विश्वासको मत दिएर जाने सहमति भएको नेता खनालले बताए। यसअघि उधारोमा सम्झौता नहुने भन्दै एकीकृत समाजवादीले यथास्थितिमा बागमतीमा विश्वासको मत नदिने अडान लिएको थियो।
 
आज विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री जम्कट्टेललाई ५६ सांसदको समर्थन आवश्यक छ। उनको पक्षमा सत्तागठबन्धनमा रहेका दल एमालेका २७, माओवादीका २१, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्र बज्राचार्यले विश्वासको मत दिने आकलन गरिएको छ।