Skip This
ad
हेवा खोला ‘ए’को निर्माण ५० प्रतिशत पूरा, एक वर्षभित्र सम्पन्न हुने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १७:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

हेवा खोला ‘ए’को निर्माण ५० प्रतिशत पूरा, एक वर्षभित्र सम्पन्न हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १७:४५:oo

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको ५१ प्रतिशत लगानी रहेको हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाको निर्माण करिब ५० प्रतिशत पूरा भएको छ। गत असारबाट सुरु भएको आयोजनाको निर्माण कार्य आगामी माघभित्र सम्पन्न हुने अनुमान गरिएको छ।

ह्याबिटाट पावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको ९.९ मेगावाट क्षमताको आयोजना पाँचथरस्थित हेवा खोलामा निर्माणाधीन छ। आयोजनाको निर्माण कार्य सुरु भएको ९ महिना नपुग्दै करिब ५० प्रतिशत निर्माण पूरा भएको आयोजना निर्देशक मधुसुदन पौड्यालले जानकारी दिए।

आयोजनाका अधिकारीहरूका अनुसार लक्ष्यभन्दा धेरै काम भएको र कुनै प्राकृतिक विपत्ति वा अन्य काबुबाहिरको परिस्थिति सिर्जना नभए २०८१ माघभित्र निर्माण कार्य सम्पन्न हुनेछ।

आयोजना निर्देशक पौड्यालका अनुसार आयोजनाको बाँध, विद्युत्गृहलगायतका मुख्य-मुख्य संरचनाको निर्माण कार्य प्रगति निर्धारित लक्ष्यभन्दा बढी भएको छ।

आयोजनामा प्रयोग हुने पेनस्टक पाइप नेपाल आइसकेको र हाल निर्माणस्थलसम्म ढुवानी भैरहेको छ। विद्युतगृहमा जडान हुने उपकरणको खरिद प्रक्रिया अन्तिम चरणमा पुगिसकेको निर्देशक पौड्यालको भनाइ छ।

प्रतिमेगावाट १८ करोड ५० लाख लागतमा सम्पन्न हुने यो आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा माछापुच्छ्रे र लुम्बिनी विकास बैंकको लगानी रहेको छ।

ad
ad